Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो

प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजेका लागि निर्धारित बैठक अपराह्न ४ बजे बस्ने भएको छ । उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।

सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रधानमन्त्री दाहालले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x