Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभारतका नवनियुक्त मन्त्री जयशङ्कर र प्रधानमन्त्री ‘प्रचण्डबीच शिष्टाचार भेट

भारतका नवनियुक्त मन्त्री जयशङ्कर र प्रधानमन्त्री ‘प्रचण्डबीच शिष्टाचार भेट


काठमाडौँ । भारतका नवनियुक्त सङ्घीय मन्त्री एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । उनीहरूबिच सोमबार ताज होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।

सो अवसरमा भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई प्रधानमन्त्री प्रचण्डले हार्दिक बधाई एवम् कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा दुई देशबिच रहीआएको आपसी सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको जानकारी गराउदै मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे ।

भेटमा क्रममा प्रधानमन्त्रीका साथमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, लगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x