राष्ट्रिय एकतालाई मजबुद बनाउँछु:नवनिर्वाचित उपराष्ट्रपति यादव
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने , “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”
यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार थिए । उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा)ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरेकी थिइन् ।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका थिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
- अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया