Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार


तुलसीपुर (दाङ) । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा सात महिनापछि शनिबार दुई मन्त्री थप गरी सरकार विस्तार गरेका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो भने अहिले दुई मन्त्री थपिएसँगै नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्री र नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । आइतबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।


क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश

तपाईको प्रतिक्रिया