अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोसेड मन्दिर परिसर बाहिर निर्माण
लुम्बिनी । लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै रहेको लुम्बिनीलाई बुद्ध जन्मस्थलका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भको पुरातात्विक संरचनालाई जोगाउने प्रयास सुरु गरिएको छ । अशोक स्तम्भका पुरातात्विक संरचनामा असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।
विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले युनेस्कोलगायत पुरातत्वविद्हरुले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ नजिकै बत्ती बालिँदै आएको दियोसेड मन्दिर परिसर बाहिर निर्माण गरेर स्थानान्तरण गरिएको बताए । विकास कोषले हालै अशोक स्तम्भ नजिकै रहेको दियोसेड मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिइन्छ । ई.पु.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेखनै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणीक तथ्य हो ।
लुम्बिनी वरिपरि निर्माण भएका उद्योगको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकारात्मक असर परेको युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै देखाएको थियो । कोषका पुरातत्व महाशाखा प्रमुख एंव वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकारात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्नेस्थल हटाउन आफुहरुले सुझाव दिएको बताए ।
उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए । सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा यूनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेडक स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए ।
कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ । अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टी दियोस्थल निर्माण गरेको छ । अहिले एकै पटकमा आठ हजार बत्ती बाल्न सकिन्छ ।
व्यवस्थित रुपमा दियोस्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुर्याएको छ । माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख नौ हजार आठ सय बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ ।
गत माघ १२ गते उपाध्यक्ष डा. लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडकको उद्घाटन गरेका थिए । महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्राय दियो बाल्ने प्रचलन छ । बौद्धिष्ट बाहेक अन्य तीर्थालुलेसमेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया