Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशआजदेखि चतरामा महाकुम्भ मेला शुरु

आजदेखि चतरामा महाकुम्भ मेला शुरु


धरान (सुनसरी) । मंगलबारदेखि सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा महाकुम्भ मेला प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताएका छन् ।

मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । आयोजक समितिका सहअध्यक्ष कार्कीले मेलाको उद्घाटनका दिन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनुका साथै सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या पनि गणना गरिने बताए ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाइएको छ । मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताए ।

चार सय ८० व्यापारिक स्टल कुम्भमेला क्षेत्रमा राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया