Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारउदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न


महोत्तरी । मिथिला क्षेत्रमा पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि वासन्ती (चैती) छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । निराहार व्रत रहेका व्रतालुुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको (२०८०) को छठ पर्व यस वर्ष सोमबार बैशाख ३ गते (२०८१)मा सम्पन्न भएको छ ।

यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया