Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशगोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा तीन खानेपानी आयोजना निर्माण


म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् ।

सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिएका छन् । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको बताए । ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया