दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ । करिब सात महिना पहिले २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयमा १५ हजार थान राष्ट्रिय परिचयपत्र आए पनि हालसम्म जम्मा एक हजार तीन सय २५ जनाले मात्रै लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले राससलाई बताए । परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उनले सुनाए ।
परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने पण्डितले बताए । ‘‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयं व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’’, कम्युटर अपरेटर पण्डितले भने, ‘‘२०७६ सालदेखि फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएर बसेको होला भन्ने हाम्रो बुझाइ छ ।’’
वैशाख दोस्रो साता मात्रै करिब ४० हजार थान राष्ट्रिय परिचयपत्र आइसकेको र केही दिनमा त्यो रुजु गरेर मात्रै सम्बन्धित व्यक्तिलाई प्रदान गरिने योजना रहेको दर्ता सहयोगी जमुना श्रेष्ठले जानकारी दिइन् । राष्ट्रिय परिचयपत्र फारम भर्न र लिनकै लागि दैनिक दुई जना कर्मचारी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
बिहान १० बजेदेखि कार्यालय समयसम्म राष्ट्रिय परिचयपत्र फारम भर्ने र आएका परिचयपत्र लिने व्यवस्था गरिएको सहायक प्रजिअ भण्डारीले बताए । ‘‘हामीले राष्ट्रिय परिचयपत्र भर्न र लैजान सजिलो होस् भनेर कर्मचारी कार्यालय समयमा खटाउने गरेका छौंँ’’, सहायक प्रजिअ भण्डारीले भने, ‘‘तर आएको परिचयपत्र लैजाने युवा नै यहाँ नभएकोले गर्दा दराजमा नै थन्किएको हुनसक्छ । आफ्नो परिचयपत्र रुजु गरेर लैजान सबैमा अनुरोध गर्दछौँ ।’’
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया