Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध

मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध


विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यकारिणी समिति गठनका लागि सोमबार सम्पन्न निर्वाचनमा सबै कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले १६ जना कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यस्तै, सोमबार नै नवनिर्वाचित सदस्यहरूलाई पदभार ग्रहण समेत गराइएको छ । संघको विधानअनुसार नयाँ कार्यकारिणी समिति गठनका लागि उद्योग क्षेत्रबाट आठ जना र वाणिज्य क्षेत्रबाट आठ जना कार्यकारिणी समिति चयन गरिएको हो । अब १६ जना मध्येबाट नै नयाँ समितिको पदाधिकारी चयन हुुनेछ । संघको कार्यकारिणी सदस्यमा उद्योग क्षेत्रबाट देवाशीष गोल्छा, विनित सिंघानिया, अमितकुमार सारडा, अनुपम राठी, अमित राठी, आशीष जाजु, पवन राठी र विकास कुमार बेगवानी चयन भएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया