Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारयातायात व्यवस्था कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन


कैलाली । चालु आर्थिक वर्षको हालसम्म ५१ करोड बढी राजश्व यातायात व्यवस्था कार्यालय धनगढीले सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको जानकारी दिए ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयका निमित्त प्रमुख शाहले चालु आवमा कार्यालयको बेरुजु रकम एक लाख १८ हजार आठ सय रहेको बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजश्व सङ्कलन गरेको उनले बताए ।

जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार राजश्व सङ्कलन गरेको थियो ।

यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार सात सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट एक करोड २२ लाख छ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट नौ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।

निमित्त प्रमुख शाहले यस आर्थिक बर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रहेको कार्यालयका बताए । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ राजश्व सङ्कलन गरेको जनाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया