Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने


अत्तरिया (कैलाली) । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका शुक्रबार साँझदेखि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जानकारी दिए ।

यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुने भएकोले मतदान समाप्त नहुँदासम्म नेपाल–भारत सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया