दोलखा । ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बैतेश्वर गाउँपालिका आसपासका ६६ जनाले रक्तदान गरेका छन् ।
जनसचेतन साकोस मैनापोखरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले जिल्लामा रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यसअघि पनि संस्थाले रक्तदानलगायतका सामाजिक कार्यहरू गर्दै आइरेहेको उनले जानकारी दिए । त्यस्तै संस्थाका सचिव कमल दाहालले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया