Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राससलाई जानकारी दिइन् ।

कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा लिम्बूको निधन भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो । बैठकले नामकरणसम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न सङ्घीय सरकारले सहजीकरण गर्ने निर्णय भएको उनर्ले जानकारी दिइन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश


तपाईको प्रतिक्रिया