Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशनेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको छ : प्रदेश प्रमुख

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको छ : प्रदेश प्रमुख


कर्णाली । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चितताले मात्र देशको विकास हुनसक्ने बताएका छन् ।

प्रदेश प्रमुख परियारले कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उनले सम्मान प्रकट गरेका छन् ।

“ हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रुपमा मनाइन्छ । आफ्नो अधिकारका निम्ति एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको यस गौरवपूर्ण विश्वश्रमिक दिवस मुलुक समृद्धिको मानक बनोस्, शुभकामना”, उनले भनेका छन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाएका छन् ।

विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गरेका उनले सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया