१६औँ संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा
काठमाडौं । नेपाल एथलेटिक्स संघले १६औँ संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्ने भएको छ । संघले एसियन एथलेटिक्स एसोसियसनको सहयोगमा यही फागुन २३ गते गोकर्णमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
उकालो, ओरालो र कच्ची सडकहरूलाई समेटेर तयार पारिएको कोर्षमा सञ्चालन हुने यसप्रकारको प्रतियोगिता करिब २४ वर्षअगाडि सन् १९९९ मा नेपालले आयोजना गरेको थियो । दोस्रो पटक नेपालले आयोजना गर्न लागेको च्याम्पियनसिपमा नेपालीसहित एसियाका करिब ४५ राष्ट्रका चार सय ५० जना खेलाडीहरू सहभागी हुने संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्पm १० किमि, २० वर्षमुनिका जुनियर पुरुषतर्फ आठ किमि. र २० वर्षमुनिका जुनियर महिलातर्फ छ किमिका कुल चार विधामा व्यक्तिगत र टिम इभेन्टसहरूमा प्रतिस्पर्धा हुनेछ । एउटा टिममा पूर्ण कोटामा पाँच जनासम्म खेलाडी राख्न पाइनेछ । तर, आयोजकले तीन जना खेलाडीका लागि मात्र खर्च व्यहोर्ने संघले जनाएको छ ।
संघले यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न मूल आयोजक समिति, सचिवालय टिमसहित विभिन्न सातवटा समितिहरू समेत गठन गरेको जानकारी दिएको छ । यो प्रतियोगिता आयोजना गर्न करिब तीन करोड ६५ लाख ५५ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : खेलकुद, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया