Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशविद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर

विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर


बझाङ । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि साइपाल गाउँपालिकाका केही विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन् ।

यार्सा संकलनको सिजन सुरु भएकाले वैशाख २४ गतेदेखि असार १ गतेसम्म पालिकाभरिका विद्यालय बन्द गरिएको साइपाल गाउँपालिकाका शिक्षा संयोजक खडकबहादुर बुढाले बताए । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा तीन साताका लागि विद्यालय बन्द गरिएको हो । गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा संकलनको समयमा बिदा गर्ने समझदारी भएको बुढाले जानकारी दिए ।

जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिका भरिका नौ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गर्छन् । अन्न उत्पादन कम हुने स्थानीयले जेठ–असारमा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसैका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको विद्यालयहरू बन्द हुने गरेको धलौन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बोहराले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x