Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषइन्फिनिटी लघुवित्तको तालिम सम्पन्न

इन्फिनिटी लघुवित्तको तालिम सम्पन्न


काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेश अन्र्तगतका बारा, पर्सा र रौतहट स्थित शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth Training तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा Quality Growt का विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

साथै उनले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले सहजिकरण गरेका थिए ।

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने विमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए ।


क्याटेगोरी : बिशेष, बैंक बित्त बजार

तपाईको प्रतिक्रिया