कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा बिष्ट
ललितपुर : ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा सुरेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारणसभाले बिष्टलाई निर्विरोध निर्वाचित गरेको हो ।
वडाध्यक्ष अमृत जंग महत, सातदोवाटो प्रहरी प्रमुख डिएसपी मदन केसी, पूर्व सिडीयो जितेन्द्र बहादुर भण्डारी,आर आर कलेजका पूर्व क्याम्पस प्रमुख, रामप्रसाद भटराई लगाएतको उपस्थीतिमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्टले टोल विकासको जिम्मेवारी थपिएको बताउँदै बति, ढल, खानेपानी, सडक सुधारका साथै स्वच्छ, सुन्दर र हरीयाली टोल विकासमा इमानदारपूर्वक काम गर्ने बताए ।
सितोकरातेको पूर्व राष्ट्रिय खेलाडी, केआईएफ कुरोदय ९सेल्फडिकेन्स० संघका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक समेत रहेका बिष्टले मानबिय सेवामा कार्य गर्दै आएका छन। विष्टले महिला हिंसा बिरुद्ध तथा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा मुख्य प्रशिक्षक रहि देशमा हत्याहिंसा वलात्कार जस्ता अपराध न्यूनिकरण गर्ने अभियानमा देशै भरिका जिल्लामा आत्मा रक्षा सम्बन्धी तालिम समेत संचालन गरेका छन् ।
१३ औं साग खेलकुद प्रतियोगितामा मूल्याङकन निरिक्षण तथा अनुगमन समितिका सदस्य र ९ औं राष्ट्रिय खेलकुद प्रतियाृगिताको समारोह उपसमिती सदस्य को रुपमा समेत काम गरेका विष्टले आत्मा रक्षा सम्बन्धी तालिम नेदरल्याण्ड्बाट प्रशिक्षक भई राष्ट्रिय खेलकुद परिष्दले संचालन गरेको महिला सशतिकरण कार्यक्रममा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया