Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षालर्डबुद्ध एजुकेसन फाउन्डेसनको ‘विन्टर फेस्ट’

लर्डबुद्ध एजुकेसन फाउन्डेसनको ‘विन्टर फेस्ट’


काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेस्ट” आयोजना गरेको छ । यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजको दाबी छ । यो उत्सवमा विद्यार्थीले, योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए ।

विन्टर फेस्टले, विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजको दाबी छ । विन्टर फेस्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ । कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माणलगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सिप प्रदान गरेको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले जानकारी दिए ।

कार्यक्रमले, स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेका थिए । यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया