Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षानेपालबाट उच्च शिक्षाका लागि हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

नेपालबाट उच्च शिक्षाका लागि हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री


काठमाडौँ । उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको बताउँदै उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुन: मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए । उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको उल्लेख गरे ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया