Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकेदार माविको अक्षय कोषमा २३ लाख ३६ हजार सङ्कलन

केदार माविको अक्षय कोषमा २३ लाख ३६ हजार सङ्कलन


सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षय कोषमा २३ लाख रुपैयाँभन्दा धेरै रकम सङ्कलन भएको छ ।

विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रुपैयाँ रकम सङ्लन गरेको हो । गत असोज २७ गतेबाट ३६ महिनामा ३६ लाख रुपैयाँ सङ्कलन गर्ने उद्देश्यका साथ सुरु गरिएको कोषमा छ महिनामा दुई सय चार जना दाताबाट सो रकम सङ्कलन गरेको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए । उनका अनुसार १० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने एक सय ४७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षय कोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत सावाँमा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।

अक्षय कोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अक्षय कोषमा नेपालको पश्चिम क्षेत्रबाट समेत सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए । केदार मावि गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई नगद १४ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत भएको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया