Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाशिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक छ : मन्त्री राई

शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक छ : मन्त्री राई


धनकुटा । सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन् ।

उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताए ।

शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले बताए । उनले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया