Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाअत्यधिक गर्मीका कारण विद्यालय बन्द

अत्यधिक गर्मीका कारण विद्यालय बन्द


तौलिहवा कपिलबस्तु) । अत्यधिक गर्मीका कारण कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर विद्यालयको पठनपाठन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालय बन्द गर्न लागिएको हो ।

अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको सोमबार बसेको बैठकले तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीलेृ बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x