नियमविपरीत काम गर्ने विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा
काठमाडौं,नियमविपरीत काम गर्ने चार विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिएको गैरस्थलगत सुपरीवेक्षणको क्रममा तोकिएको अनिवार्य नगद मौज्दात र कर्जा तथा निक्षेप अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।
क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक कारबाहीमा परेका हुन् । फाइनान्स कम्पनीमा मल्टीपर्पस फाइनान्स कम्पनी रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले गत मंसिरमा तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा एक लाख ९६ हजार दुई सय ६५ रुपैयाँ ३० पैसा हर्जाना लगाएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी सालपा विकास बैंकले पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले एक लाख १० हजार छ सय ६२ रुपैयाँ २६ पैसा जरिबाना लगाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई पनि सोही शीर्षकअन्तर्गत दुई लाख ५१ हजार तीन सय २४ रुपैयाँ ७३ पैसा हर्जाना लगाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले पनि मंसिरमा तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेपछि १९ लाख ३६ हजार छ सय ३५ रुपैयाँ ५७ पैसा हर्जाना तिरेको छ ।
नारायणी डेभलपमेन्ट बैंक तोकिएको अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको आधारमा सबैभन्दा धेरै पटक कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो पटक तीन हजार नौ सय ४८ रुपैयाँ ५३ पैसा, दोस्रो पटक ६३ हजार सात सय ८२ रुपैयाँ ७८ पैसा र तेस्रो पटक एक लाख आठ हजार सात सय ७० रुपैयाँ २१ पैसा हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
मल्टीपर्पस फाइनान्सले पनि अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले जरिबानासहित कारबाही गरेको हो । मल्टपर्पसले दुई हजार सात सय एक रुपैयाँ तीन पैसा जरिबाना तिरेको छ ।
क्याटेगोरी : सुलसुले
ट्याग : #Page 1, #page 2
ताजा अपडेट
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया