Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध३० वर्षपछि हत्यामा संलग्न अभियुक्त पक्राउ

३० वर्षपछि हत्यामा संलग्न अभियुक्त पक्राउ


टक्सार (भोजपुर) । ३० वर्षपछि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले यही पुस १४ गते राति पक्राउ गरेको हो ।

अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिए । २०५० साल मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख पाठकले हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेका अवस्थामा मृत्यु भइसकेको जानकारी आएको र सो सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीको खोजी जारी रहेको बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका पूर्णहाङलाई पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरियो । २०६१ साल भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैदको सजाए भएको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो ।

मृतकका दाजु जाहेरवाला बागधन राईसँग २०५० साल कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाको  बादविवाद भएको थियो । त्यसपछि मङ्सिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरी उनको हत्या गरेका थिए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया