Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधरोमानिया पठाइदिन्छु भनी २१ लाखबढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

रोमानिया पठाइदिन्छु भनी २१ लाखबढी रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु भनि २१ लाखभन्दा बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उक्त ठगी आरोपमा हाल काठमाडौंको बाङगेमुढा बस्ने दोलखाका ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले आज(बुधबार) पक्राउ गरेको हो ।

उनले मिलन नेपालीसमेत गरी १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्छ भनि रकम ठगी गरेका थिए । रोमानिया पुगेपछि मासिक एक लाख रुपैयाँभन्दा धेरै तलबमा फुड प्याकिङमा काम लगाइदिन्छु भनी विश्वास दिलाई पीडितहरुबाट पटकपटक गरी २१ लाख ३६ हजार रुपैयाँ रकम लिई बुढाथोकी सम्पर्कविहीन भएका थिए ।

उक्त ठगी गरेकोले खोजीतलास गर्ने क्रममा असनबाट बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया