Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधकतार पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने सिरहाका एक युवा पक्राउ

कतार पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने सिरहाका एक युवा पक्राउ


ललितपुर । कतार पठाइदिन्छु भन्दै करिब तीन लाख ठगी गर्ने एक युवा पक्राउ परेका छन् । दुई लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका घर भई ललितपुरको ईमाडोलमा बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साहले एक जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेका थिए । पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया