Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबालिका बलात्कार अभियोगमा २२ वर्षीय स्वास्थ्यकर्मी पक्राउ

बालिका बलात्कार अभियोगमा २२ वर्षीय स्वास्थ्यकर्मी पक्राउ


खोटाङ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहापोखरी गाउँपालिका–२ सुन्तलेका अहेव २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

स्थानीय स्वास्थ्य चौकीका करार अहेव मगरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । गत पुस २९ गते हजुरआमाको उपचारका लागि स्वास्थ्य चौकी गएको बेला बालिकालाई एकान्तमा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । मगरलाई माघ ११ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया