Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमाल्टा पठाइदिन्छु भन्दै छ लाखबढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

माल्टा पठाइदिन्छु भन्दै छ लाखबढी रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले एक जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उक्त रकम लिएर सम्पर्कविहीन भएका थिए । पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया