Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधक्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका घर भएका ४० वर्षीय मिङमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया