Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधदरबारमार्गबाट अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ

दरबारमार्गबाट अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ


काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जानकारी दिए ।

प्रवक्ता ढुङ्गेलले क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुको साथबाट एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको र उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया