Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधजापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने पक्राउ

जापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका घर भएका ३० वर्षीय भरत भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

भरतले एक जनालाई जापान पठाई होटलमा मासिक एक लाख ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उक्त रकम ठगी गरेका थिए । पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरी उनी फरार थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त ठगी अभियोगमा उनलाई समाखुशीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया