Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधलागुऔषध चरेससहित एक महिला पक्राउ

लागुऔषध चरेससहित एक महिला पक्राउ


कपिलवस्तु । कपिलवस्तु कृष्णनगर नगरपालिका–२ बाट ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित इलाका प्रहरी कार्यालय कृष्णनगरले ३८ वर्षीया महिला वासु घर्तीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले प्यूठान गौमुखी गाउँपालिका–३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको बताए ।

चेकजाँच गर्दा झोलामा पोको पारी राखेको (९) पोका चरेस कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया