Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबैंकिङ कसूरमा कैद र ४ करोड जरिवाना ठहर भई फरार महिला पक्राउ

बैंकिङ कसूरमा कैद र ४ करोड जरिवाना ठहर भई फरार महिला पक्राउ


काठमाडौं । बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार व्यक्ति पक्राउ परेका छन् । काभ्रेपलान्चोक बनेपा नगरपालिका बस्ने घराना डेभलपर्स प्रालिका सञ्चालक ४५ वर्षीया मन्दिरा केसी(कार्की)लाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया