Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधअमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित २९ वर्षीय चिनियाँ नागरिक सियुआई विङक्यानलाई लाई पक्राउ गरेको छ । अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालयले चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया