Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधएक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ


सुनसरी । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा एक सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत चार जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत पाँच जनालाई पक्राउ गरेको हो ।

साथै, उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया