Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधअमेरिका पठाइदिने भन्दै साठी लाख ठगी

अमेरिका पठाइदिने भन्दै साठी लाख ठगी


काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी ६० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार राउतले अमेरिकामा सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीलगायत दुई जनालाई ठगी गरेका थिए ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म लाग्ने भनी पीडित दुई जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएको जानकारी दिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया