Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा पक्राउ

ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा पक्राउ


काठमाडौं । तार्केश्वर नगरपालिका-६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङलाई लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको बताएका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिक उनीहरूले चैत १३ गते राति बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको प्रहरीको आरोप छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया