बागमती प्रदेशमा लम्पी स्किनविरुद्धको खोप अभियान
काठमाडौं । बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ । तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ । प्रथम दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छ सय ९४ तथा तेस्रो दिन चार हजार तीन सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।
उक्त अभियानअन्तर्गत पहिलो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । त्यहाँ दुई हजार चार सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो । त्यसैगरी मकवानपुका दुई हजार ४४ पशु, काभ्रेका एक हजार पाँच सय २२, सिन्धुलीका एक हजार एक सय ९८ पशु, धादिङका एक हजार ५५, काठमाडौँका एक हजार ४२, नुवाकोटका नौ सय ९८, रामेछापका नौ सय ८२, सिन्धुपाल्चोकका आठ सय ५६, रसुवाका पाँच सय ८३, भक्तपुरका पाँच सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।
भदौ १ गतेसम्म सञ्चालन हुने सो खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 6
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया