ह्याम्स अस्पताल र द क्लिफबीच सम्झौता
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रूपमा रहेको द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबीच आफ्ना सेवा सुविधामा सहयोग गर्ने सम्झौता भएको छ । ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालका सेवा सुविधामा छुट दिने र एकअर्काको बजारीकरण गर्ने सम्झौतामा उल्लेख छ ।
अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आईपीडी सेवामा १० प्रतिशत छुट, फार्मेसीमा पाँच प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिने बताइएको छ । साथै, ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरूको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ । यस्तै, क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने बताइएको छ ।
द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रूपमा बजारीकरण गर्ने सम्झौतामा उल्लेख छ । क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रूपमा प्रवद्र्धन गरिनेछ । द क्लिफको वेवसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवद्र्धन गरिने बताइएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया