Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासात सय ४७ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

सात सय ४७ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा– रुबेलाविरुद्धको खोप लगाइएको छ । एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्यसहित गत सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको थियो ।

गाउँपालिकाको ३१ वटा खोप केन्द्रमार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक साताको अवधिमा सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बाबुलाल लामाले जानकारी दिए । पालिकाको वडा नम्बर–१ का एक सय, वडा नम्बर–२ का ६८ जना, वडा नम्बर–३ का ९५ जना बालबालिकालाई दादुरा– रुबेलाविरुद्धको खोप लगाइएको छ । त्यस्तै, वडा नम्बर–४ का ७१ जना, वडा नम्बर–५ का दुई सय पाँच जना, वडा नम्बर–६ का ९६ जना, वडा नम्बर–७ का ५८ जना र वडा नम्बर–८ का ५३ जना बालबालिकालाई निःशुल्क खोप लगाइएको हो । पालिकाले विद्यार्थीको सहजताको लागि स्थानीय विद्यालयमै खोप केन्द्र स्थापना गरेको थियो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया