Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशगाउँपालिकाको आफ्नै लगानीमा आधारभूत अस्पताल सञ्चालन

गाउँपालिकाको आफ्नै लगानीमा आधारभूत अस्पताल सञ्चालन


खोटाङ । पाँच शय्याको आधारभूत अस्पताल दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालनमा आएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको हो ।

गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने जानकारी दिए । “अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृतसहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ”, उनले भने, “अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना छ ।”

चिकित्सक डा. मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ । आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ ।

संविधानसभा सदस्य हरि रोकाले गाउँपालिकाको ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे । आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ ।

सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया