Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीस्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन सकिएको छैन: स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन सकिएको छैन: स्वास्थ्यमन्त्री यादव


चितवन । भरतपुर अस्पतालको आइतबार निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् । स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए ।

उनले अहिले प्रवाह भएका सेवा कम भएको बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए । उनले भने “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”

भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली


तपाईको प्रतिक्रिया