Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपाल मेडिकल कलेजको एनआईसीयूको स्तरोन्नति

नेपाल मेडिकल कलेजको एनआईसीयूको स्तरोन्नति


काठमाडौं । नेपाल मेडिकल कलेजको एनआईसीयूको स्तरोन्नति गर्दै नयाँ बेड थप गरिएको छ । नवजात शिशुहरूको उपचारका लागि सञ्चालित १० बेडको एनआईसीयूमा १४ वटा नयाँ बेडहरू थप गरी २४ वटा पुर्याइएको हो ।

कलेजका प्रबन्ध निर्देशक प्राडा जैनुद्दिन अन्सारीले थप गरिएका नयाँ बेडहरूको हालै उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआईसीयू बेडहरू थप गरिएको बताए । समय अगाडि जन्मने शिशुहरू, कठिन अवस्थामा जन्म लिएका शिशुहरू तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरूलाई २४सै घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआईसीयू बेडहरू थप गरिएको उनको भनाइ थियो । ‘खासगरी समय अगाडि जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरूलाई उच्च निगरानीमा राखी उपचार गर्नका लागि एनआईसीयू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्छ । त्यस्तै, विधि र सिस्टम हुन्छ’, अन्सारीले भने ।

एनआईसीयूमा बालबालिकाको शरीरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्युवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युबलगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, श्वासप्रश्वासको गति मापन गर्ने यन्त्रहरू समेत रहेकाले एनआईसीयूमा प्रत्येक पल शिशुहरूको निगरानी गरी उपचार गरिन्छ । कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नवीनतम उपचार विधिहरू भित्र्याउन लागेको अन्सारीले जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया