‘अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण’
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघको ४५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिति अहिले घटेर ०.२८ प्रतिशतमा झर्नुमा नेत्रज्योति संघको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
संघले विगत ४५ वर्षदेखि नेपालीहरुलाई सस्तो, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा जनताको घर आँगनमै पु¥याउँदै आएको छ । वि.सं. २०३५ चैत १३ गते समाजका विभिन्न क्षेत्रका विशिष्ट समाजसेवीहरु तथा प्राडा रामप्रसाद पोख्रेल ‘आँखा बा’को सामूहिक प्रयासबाट संस्थाको स्थापना भएको थियो । संघले नेपालको सबै क्षेत्रहरुलाई समेट्ने गरी २७ आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरुमार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ ।
संघले सन् २०२२ मा आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ७२ हजार नौ सय ५० जनाको आँखाका शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाखभन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरी हजारौँ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिसकेको जनाएको छ । यस्तै पाँच सय ५० जना विद्यार्थीहरुको निःशुल्क शल्यक्रिया समेत गरेको छ ।
हाल संघले आफ्नो सन् २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारिरहेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । उक्त रणनीतिक योजनाले नेपालमा बढीभन्दा बढी मानिसहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यसका साथै संघले आफूअन्तर्गत सञ्चानमा रहेका आँखा अस्पतालहरु तथा उपचार केन्द्रहरुलाई हरित अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको महासचिव चन्दले बताए ।
यस्तै संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्यप्राप्तिमा विशेष योगदान दिने चौधरी दाता परिवारलाई ‘विशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मान गरेको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाइटी र दुहवी नगरपालिकालाई पनि ‘विशिष्ट नेत्रज्योति सम्मान’बाट सम्मान गरेको संघले जनाएको छ । त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने योजनामा विशेष योगदान गर्ने संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देही शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, चितवन शाखाका पूर्वसभापति एवं केन्द्रीय सदस्य चिजकुमार मास्के, कैलाली शाखाका पूर्वसभापति शिवदत्त जोशी, फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका पूर्वमेडिकल डाइरेक्टर वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.बासु अधिकारी र रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पूर्वमेडिकल डाइरेक्टर वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।
त्यस्तै २५ वर्षदेखि निरन्तर संघ र यसअन्तर्गतका अस्पतालमा रही कार्य गर्दै आएका संघका आँखा स्वास्थ्य कार्यकर्ता गोविन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।
यस्तै संघअन्तर्गतका अस्पतालमा कार्यरत कर्मचारीहरुका बीचमा नेपालमा आँखा स्वास्थ्यका समस्या, चुनौती र स्थानीयको भूमिका विषयक राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया