Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकाठमाडौंमा नर्भिकको प्रभातफेरी

काठमाडौंमा नर्भिकको प्रभातफेरी


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरी कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरी पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीहरूले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । यस्तै सोमबार अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम पनि राखिएको छ ।

यसैबीच, नर्भिक अस्पतालले ३०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरू पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आईभीएफ (फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौंभित्र र बाहिर गरी चारवटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया