Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगथाहा नपाई आएको ‘विक्रम संवत्–२०७७’

थाहा नपाई आएको ‘विक्रम संवत्–२०७७’


निनाम कुलुङ मंगले

काठमाडौं,बैशाख ९

विश्वभरि नै मानिसहरूका लागि काल गणनाका लागि नभई नहुने एउटा विधि विधानको रूपमा रहेको छ, ‘साल, संवत, संवत्सर, हिजरी, इयर, वरस, वर्ष, दोङ, तङबे, ल्हो आदि । साथै, यो ‘साल, संवत, संवत्सर, हिजरी, इयर, वरस, वर्ष, दोङ, तङबे, ल्हो आदिलाई विभिन्न ठाउँ, देश–देशावर र ती देश–देशावरका जातजाति, भाषाभाषी र समुदायपिच्छे फरक–फरक नामले पुकारिने वा भनौं बोलाइने गरिन्छ । माथि नै उल्लेख गरिएभैmँ मान्छेको काल गणना अर्थात् जन्म, मृत्यु, विवाह, जङ्को (नेवार समुदायमा ८० वर्ष पुगेको अवसरमा मनाइने विशेष अवसर), पास्नी, छेवार लगायत धार्मिक र सांस्कृतिक कार्यहरू गर्नका लागि र, विश्वमा घट्ने वा हुने महत्वपूर्ण घटनाहरू र इतिहासलाई लिपिबद्ध गर्नका लागि पनि संवत् वा सालको महत्व रहेको हुन्छ ।

जे होस्, अब लागौं हालसम्म नेपाल सरकारले राज्यस्तरमा मान्यता दिएको र आम प्रचलमा रहेको विक्रम संवत् र राज्यले मान्यता नदिए पनि र नेपालमा आमरूपमा प्रचलनमा नरहे पनि नेपालका विभिन्न समुदाय र जातजातिमा प्रचलित तथा नेपालको इतिहासको विभिन्न कालखण्डमा प्रचलित विभिन्न साल र संवतहरूका बारेमा छोटो जानकारी लिनेतर्पm ।यले दोङ÷किरात संवत्ः माथि उल्लेख गरेझैं नेपालका विभिन्न साल–संंंवतहरूमध्ये हालसम्मको पुरानो संवत् हो– ‘किरात वा भनौं यले दोङ÷संवत् ।’ कुलुङ जातिले यो संवत्लाई ‘यले दोङ’ भन्छन् भने लिम्बु जातिले येले तङ्बे र कोइँच (सुनुवार) जातिले यले थोचे भन्छन् । स्मरणीय छ, कुलुङ समुदायहरूको जीवन–चक्रअनुसार यो संवत् गएको पुस १५ गतेदेखि ५०८० सुरु भएको छ । त्यस्तै, कुलुङ जातिको जीवन चक्रअनुसार पहिलो महिनाको नाम हो– ‘चाक्चाकूर ।’ यो भनेको विक्रम संवत्को पहिलो महिना ‘वैशाख’ भनेजस्तै हो । यो संवत् सबै किराँती जातिलगायत हायु, थामी, सुरेल, जिरेल, धिमाल आदिले पनि मान्छन् । तर, यले दोङ÷संवत्लाई मूलधारका मिडियाहरूले अपेक्षित रूपमा प्रचार नगरिदिनाले सबैभन्दा पुरानो भएर पनि ओझेलमा परेको छ । हुन त सबैभन्दा पुरानो संवत्को कुरो गर्दा नेपालको सबैभन्दा पुरानो कलिगत संवत् हो भन्ने गरिन्छ ।

विक्रम संवत्ः हाल नेपाल र भारतको राष्ट्रिय संवतको रूपमा प्रचलनमा रहेको यो संवत् भारतको तत्कालीन उज्जैन राज्यका राजा विक्रमादित्यले चलाएको वा विक्रमादित्यको नाममा चलाएको संवत् मानिन्छ । यो संवत् वैशाख महिनाबाट सुरु भई चैत्रमा अन्त्य हुन्छ । तर, यो संवत्को राष्ट्रियता र वैज्ञानिकतामा केही मान्छेहरूले प्रश्न उठाउँदै आएका छ । हुन पनि चन्द्रशमशेर नेपालको श्री ३ महाराज हुनुअघि नेपालमा ‘नेपाल संवत्’लाई नेपालको राष्ट्रिय संवत्को रूपमा प्रचलनमा रहेको देखिन्छ । जे भए पनि चन्द्रशमशेर नेपालको श्री ३ महाराज भएदेखि यता नेपालमा यही विक्रम संवत्लाई नै राष्ट्रिय संवतको रूपमा प्रचलमा रहेको छ । यो संवत् यही वैशाख १ गतेदेखि २०७७ सुरु भयो ।

बुद्ध संवत्ः तत्कालीन कपिलवस्तुका राजा शुद्धोधनका छोरा अर्थात् युवराज सिद्धार्थ गौतम नै पछि गएर गौतम बुद्ध भएर निस्किए । उनले राजकाज र, ऐयसी जीवनलाई त्यागेर बुद्धत्व प्राप्त गरेका थिए । उनले त्यो बेलाको मान्छेको दुःख, कष्ट, बुढ्यौली, मृत्यु आदि देखेर नै सांसारिक जीवन त्यागेर ध्यानमा लिन भई बुद्धत्व प्राप्त गरेका हुन भन्ने भनाइ रहेको छ । त्यसैले पछि गएर उनलाई बुद्ध भनियो भने उनका चेलाहरूले बुद्धको नाममा बुद्ध संवत् चलाए । यो संवत् हरेक जेठ पूर्णिमामा सुरु हुन्छ ।

नेपाल संवत्ः यो संवत् भक्तपुरका महाजन शङ्खधर शाख्वाले चलाएका हुन् भन्ने भनाइ छ । कथनअनुसार, लिच्छवीकालमा राज ज्योतिषीले भचाकुसी (टेकु दोभान)को बालुवा सुनमा परिणत हुन्छ भनेर राजालाई सुनाएपछि राजाले भरियाहरू पठाई टेकु दोभानको बालुवा आफ्नो दरबारमा ल्याउन पठाएका थिए । तर, उक्त कुरो शङ्खधर शाख्वाले पहिले नै चाल पाएकाले उनले ती भरियाहरूलाई फकाएर वा भनौं लालचमा पारेर भरियाहरूलाई आफ्नो घरतर्पm लगे । त्यसपछि उनले सबै गरिबहरूलाई ऋण मुक्त गराएकाले उनको नाममा राजा राघवदेवले चलाएका हुन् भन्ने कथन छ । यो संवत् गत कात्तिकको ‘म्ह पूजा’देखि ११४० सुरु भयो ।

इस्वी संवत्ः यो संवत् जिसस क्राईष्टका प्रर्वतकहरूले सुरु गरेको मानिन्छ । हाल संसारभरिका अधिकांश देशले यो संवत्लाई राष्ट्रिय संवत्का रूपमा चलाएर आत्मसाथ गरेका छन् भने, स्वर्गीय डाक्टर हर्क गुरुङले नेपालले पनि यो संवत्लाई नै मान्दा सहज हुने बताउने गरेका थिए । उनले गुरुङ जातिलाई पनि ईस्वी संवत्लाई नै मान्नुपर्ने सुझाव दिएका छन्, उनले लेखेको ‘जननाति सेरोफेरो’ नामक किताबमा । यो संवत् गत जनवरीदेखि २०२० सुरु भएको छ ।

बिसीः यो संवत् जिसस क्राइष्ट जन्मिनुभन्दा अगाडि प्रचलनमा थियो । र, नै बिसी अर्थात् ‘बिफोर क्राइष्ट’ अर्थात् बिसी भनिएको हो । अंशुबर्मा संवत्ः यो संवत् अंशु बर्माले आफू महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारहरूका अनुसार, ललितपुरको बुङमती नजिकको शिलालेखमा अंशुबर्मा संवत् २९ लेखिएको भेटिएको छ ।

माथि उल्लेख गरिएबाहेक नेपालमा मिथिला संवत्, थारु, तामाङ, गुरुङ, शेर्पा आदि जातजातिको पनि आ–आफ्नै संवतहरू रहेका छन् । नेपालमा पृथ्वी संवत् (अन्तर्राष्ट्रिय मञ्च नामक प्रकाशन संस्थाले) पृथ्वी संवत्लाई पनि जोडतोडले आफ्नो प्रकाशनमा प्रचारप्रसार गर्ने गरेको छ ।
यो वर्ष नयाँ वर्ष आएको थाहा नै भएन !हुन त इमान जमानका साथ भन्नु पर्दा यो वर्ष त नयाँ वर्ष (विक्रम संवत् २०७७) आएको पनि मलाई थाहा नै भएन ! सायद मलाई जस्तै नेपालका धेरैजसो इतिहासकार, प्राडा, लेखक, विश्लेषक, पत्रकार तथा पत्रपत्रिका र अनलाइन मिडियाकर्मीहरूलाई थाहा भएन कि ? किनभने, हामी नेपाली र नेपाल राष्ट्रले नै आधिकारिक रूपमा मान्दै र प्रचलनमा ल्याउँदै आएको नयाँ वर्ष २०७७ अर्थात् ‘विक्रम संवत् २०७७’ बारे विगतमा जस्तो यो वर्ष प्रशस्त लेख, रचना र समाचारहरू लेखिएको÷छापिएको देखिएन ।सम्भवतः अहिले विश्वलाई नै त्राहीमाम ! बनाइरहेको कोरोना (कोभिड १९) को महामारीको भाइरसका कारण यस्तो भएको हुन सक्छ । यस्तो अवस्थामा कतिपय इतिहासकार, प्राडा, लेखक, विश्लेषकहरूले लेख्ने वातावरण बनाउन सक्नुभएन होला । कतिपय इतिहासकार, प्राडा, लेखक, विश्लेषकहरूसँग लेख्ने भाँडोजस्तै डेस्कटप, कम्प्युटर, ल्याप्टप आपूmसँग थिएन÷भएन होला । यसरी हेर्दा हाल विश्वलाई नै त्राहीमाम बनाइरहेको महामारीको अवस्थामा कतिपयले ‘आहा … यसपालि भैगो, नमरे बाँचे कोरोनाले साँचे अर्को वर्ष लेखौँला !’ भनी लेख्नुभएन होला । जेसुकै होस्, यो कुरोलाई यहीँ छाडौं ।

हाम्रो देश नेपालमा राज्यले मान्यता दिएको र आधिकारिकरूपमा देशव्यापी प्रचलनमा रहेको संवत् ‘विक्रम संवत् हो ।’ जुन संवत् यही वैशाख १ गतेदेखि २०७७ सुरु भयो । त्यसो त हालको नयाँ पुस्तामा राष्ट्रले मान्ने गरेको नयाँ वर्ष विक्रम संवत्भन्दा पनि ह्याप्पी न्यू इयर अर्थात् इस्वी संवत्लाई धुमधामका साथ मनाउने प्रचलन बढ्दै गएको देखिन्छ । अहिलेका पुस्ताका युवाहरूलाई वैशाखमा सुरु हुने नेपाली विक्रम संवत्लाई भन्दा अंगे्रजी नयाँ संवत्लाई बढी प्राथमिकता दिने प्रचलन बढ्दो क्रममा देखिन्छ । यसले गर्दा नयाँ पुस्तामा राष्ट्रियताप्रतिको भावनामा कमी आएको त होइन ? प्रश्न उठाउन सकिन्छ । माथि एक प्रसंगमा भनिएभैmँ आम रूपमा प्रयोग गर्न सजिलोका लागि इस्वी संवत्लाई नै आधिकारिकरूपमा प्रचलनमा ल्याउनुपर्ने भन्ने आवाज पनि उठ्ने गरेको छ । जे होस् हाम्रो देश नेपाल भूगोलको आधारमा सानो भए पनि यहाँका विभिन्न जातजाति र भाषाभाषीका मानिसहरूका समेत आ–आफ्नै साल र संवत्हरू रहेका छन् । यो भनेको विविधि चाहनेहरूका लागि धेरै राम्रो र गर्वको कुरो हो । भलै व्यावहारिकरूपमा ती सबै साल–संव्त्हरूलाई सार्वजजिक रूपमा प्रचलनमा ल्याउन सकिँदैन । त्यसो भए पनि हामीले सबै जातजाति र भाषाभाषीका साल र संवत्हरूलाई बचाउने काम भने गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया