Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचुनौतीमा लकडाउन व्यवस्थापन

चुनौतीमा लकडाउन व्यवस्थापन


बाबुकाजी कार्की

काठमाडौं,बैशाख १४
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन लकडाउन नै उत्तम उपाय साबित भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको कारण सबै मुलुकले पूर्ण वा आंशिकरूपमा लकडाउन गरेका छन् । नेपालले समयमा नै लकडाउन गरेका कारण अन्य देशको तुलनामा कोरोना भाइरसको संक्रमण कमी नै छ । तर, विश्व स्वास्थ्य संगठनकाअनुसार आगामी दिनहरूमा कोराना संक्रमणको जोखिम उत्तिकै रहेने चेतावनी दिएको छ । लकडाउन लम्बिदै गएको अवस्थामा यसको व्यवस्थापन चुनौती बन्दै गएको छ । लामो लकडाउनको कारण भोक र रोगले जनजीवन अस्तव्यस्तताको स्तर बढ्दो छ । रोजीरोटीको अभावका कारण लकडाउनको अवज्ञाको अवस्था सिर्जना नहोला भन्न सकिन्न । अमेरिकामा लकडाउनको विरुद्धमा प्रदर्शन गर्न जनता सडकमा उत्रिएका छन् । सबै पेशा र व्यवसायको अवस्था धराशयी बन्दै गएका छन् । रोजगार गुमेका कारण जनताको दैनिकी कठिन बन्दै गएको जगजाहेर छ । लकडाउनको प्रकृति र अवधिको बारेमा समयमा नै चिन्ता र चिन्तन गर्नुपर्ने बेला आएको छ ।

अकल्पनीयरूपमा आइलागेको कोरोनाको कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाएको छ । विश्वका सर्वशक्तिमान र सम्पन्न देश भनिएका देशहरूलाई यसले झन् धेरै गाँजेको छ । यसलाई कतिपय विश्लेषकहरूले तेस्रो विश्वयुद्धको संज्ञासमेत दिएका छन् । विश्वभरका देशहरूको आर्थिकस्थिति चौपट बन्दै गएको छ । कोरोना संक्रमणपश्चात्को लामो समयसम्म यसको असर रहने निश्चित छ । विश्वभर करोडौँ नागरिकको रोजगारी गुम्ने देखिन्छ । उत्पादन र वितरणमा असुन्तलनका कारण महंगीले सीमा नाग्दै गएको देखिन्छ ।

निम्नवर्गीय जनसमुदायको जीवन थप कष्टकर बन्ने नै छ । नागरिकको न्यूनतम आधारभूत आवश्यकता खाना, नाना र छाना परिपूर्ति गर्न सरकार र सरोकारवालालाई हम्मे–हम्मे पर्ने नै छ । लकडाउन अवधिलाई छोट्याएर समयमा नै जनजीवन सहज बनाउने उपायहरू खोज्न सरकारले विशेष ध्यान दिनु दूरदर्शीता ठहर्छ । लकडाउन लम्बिदा हुँदा खानेहरू मात्र नभएर हुने खानेहरूको लागि पनि कष्टकर बन्दै गएको छ । खाधान्नको सहज आपूर्ति नहँुदा महंगी बढेको छ । नेपालको आपूर्ति व्यवस्थालाई सहज बनाउन छिमेकी भारत लिने लकडाउन नीतिले पनि प्रतयक्ष असर पार्छ ।

साना ठूला उद्योग धन्दा र पेशा व्यवसाय ठप्प हुँदा मजदुरहरूका परिवार बिचल्लीमा परेका छन् । अहिले असंगठित क्षेत्रमा काम गरिराखेका तर रोजगार गुमेका मजदुरहरू बिहान बेलुका हातमुख जोड्न नसकेर अलपत्र परेका कारुणिक दृश्यहरू देखिन थालेका छन् । उद्योगधन्दाहरू धरासायी हुने क्रममा छन् । पर्यटन व्यवसाय लामो समयसम्म थला पर्ने अवस्थामा पुगेको छ । विश्व परिवेशसँग प्रत्यक्ष सरोकार
राख्ने पर्यटन व्यवसाय तंग्रिन लामै समय लाग्ने अनुमान गर्न सकिन्छ ।

कृषि उपजहरू सहजै बजारसम्म पुग्न सकेका छै्रनन् । कृषकहरू आफ्ना उत्पादन बजारसम्म पु¥याउन नसकेर खेतबारीमा नै कुहिएर गएको टुलुटुलु हेरेर बसेका छन् । समयमा सहजरूपमा दानाको व्यवस्था र उत्पादन बिक्री गर्ने बजारको व्यवस्था नहुँदा व्यावसायिकरूपमा पशुपालन र कुखुरा पालन गरेका कृषकहरूको करोडौं लगानी डुब्ने अवस्थामा पुग्दै छ । अर्कोतर्फ उपभोक्ताहरूले दुध, मासु, अन्डालगायतका खाद्यवस्तु सुपथ मूल्यमा पाउन सकेको अवस्था छैन ।

कृषकहरूले बालीनाली लगाउने यस बेलामा मल बीउ र श्रमिक सहजरूपमा नपाउदा कृषि उत्पादनमा नकारात्मक असर पर्ने नै भयो । अहिले बेलामा बालीनाली लगाउन नपाउँदाको असर कोरोना संक्रमणपछिको आगामी वर्ष झन् कठीन हुने निश्चित छ । यी र यस्ताखालका दूरगामी असर पार्ने विषयवस्तुहरूलाई समयमा नै संवेदनशील भएर संवोधन गर्न पनि लकडाउनलाई क्रमशः बेलैमा खुकुलो बनाउँदै लानुको विकल्प छैन ।

लकडाउनले शिक्षाका क्षेत्रहरूमा पनि अनिश्चयको माहोल खडा गरेको छ । शिक्षण संस्थाहरूमा पढाइ सुरुहुने दिनको टुंगो छैन । मानव जमघट धेरै हुने शिक्षण संस्था सुचारु हुन लामै समय लाग्नु स्वाभाविकै हो । विद्यालय तह र उच्च शिक्षामा समेत गर्दा झण्डै ९५ लाख विद्यार्थीहरू बरालिएको अवस्था छ । एसईई, कक्षा ११ र १२ को एसएलसी तथा उच्च शिक्षाका परीक्षाहरू हुन सकेका छैनन् । निजी विद्यालयहरूलाई सरकारले २०७६ चैत्रको शुल्क नलिन निर्देशन दिए पनि लागू हुने छाँट छैन् । अधिकांश विद्यालयले फागुण अन्त्यमा नै चैत्रमा परीक्षा हुने भएकोले पहिल्यै परीक्षा शुल्कसहित लिइसकेका छन् । लकडाउन अवधिमा पढाइ नभए पनि शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने भएकोले विद्यार्थीसँग शुल्क लिनुपर्ने बाध्यता रहेको उनिहरूको दाबी छ ।

लकडाउनको स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर परेको छ । अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन नभएको कारणबाट अरु रोगका बिरामीले सेवा पाएक छैनन् । कोरोना रोगको डरको आशंकाले सामान्य रुघाखोकि ज्वराको समेते उपचार अस्पतालमा उपचार नपाउँदा ज्यान गएका समाचार आएका छन् । निजी अस्पतालहरूको गैरजवाफदेहिताको कारण बिरामी उपचारका लागि भौतारिँदै हिँड्नु परेको गुनासाको सम्बोधन हुन सकेको छैन् । कोराना बाहेकका रोगीहरू सहज उपचार नपाएको कारणबाट मृत्युको मुखमा पुग्ने जोखिम उत्तिकै छ ।

कोरोनाको अचुक औषधि पत्ता लागि नसकेको र छिट्टै लागेर र प्रयोग हुने छाँट झिनो छ । तसर्थ लकडाउन तथा सामाजिक दूरी कायम गरेर विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेअनुसार स्वस्थकर बानीबेहोराको अवलम्बन नै कोरोनाविरुद्धको लडाइँको प्रमुख उपाय ठहरिएको छ । लकडाउन अवधिलाई छोट्याउने वा आंशिकरूपमा लगाउने अभ्यासहरू पनि अन्य देशहरूमा गरिएको पाइन्छ । चीनमा पूर्णरूपमा लकडाउन गरेर कोरोनाबाट छुटकारा पाएको थियो । तर जापान, कोरिया, सिंगापुरलगायतका देशहरूले आंशिकरूपमा लकडाउन गरेर पनि कोराना रोकथाममा सफलता पाएको उदाहरण पनि हाम्रोसामु छ ।

कोरोना रोकथामको आधारभूत शर्त भनेकै रोगी पहिचान र उनीहरूको सुरक्षित उपचार(ट्रयाकिङ, टेस्टिङ र ट्रिटमेण्ट) नै हो । नेपालमा तेस्रो मुलुक र भारतबाट आएका नागरिकमा कोरोना पोजिटिभ देखिएको छ । तेस्रो मुलुकबाट हवाइजहाजमा आएका अधिकांश यात्रुको टेस्टिंग भए पनि सुदूरपश्चिमलगायतका जिल्लाहरूमा लकडाउनको आसपासमा नेपाल प्रवेश गरेका नागरिकको परीक्षण पर्याप्त हुन सकेको छैन । परीक्षण लागि आवश्यक उपकरण, औषधि तथा जनशक्तिको अभावको कारण तीव्रता नपाएको सरकारी भनाइ छ । स्वास्थ्य सामग्री आयातमा अनियमितता भएको चर्चा चुलिएको अवस्थामा थप सामग्री ल्याउन ढिला भएको छ ।

कोरोनाको आयु छोट्याएर लकडाउनलाई सरलीकरण गर्ने विभिन्न उपायहरू खेजिनु पर्दछ । परीक्षणलाई तीव्रता दिएर अति संक्रमित ठाउँलाई मात्र कडाइ लकडाउन गर्ने, उद्योग धन्दाहरूमा मजदुरहरूको स्वास्थ्य परीक्षण गरी क्लोज क्याम्पमा राखेर काममा लगाउने, कृषि उपजहरू खेर जान नदिई सेना परिचालन गरेर भए पनि सुरक्षितरूपमा उपभोक्तासम्म पु¥याउने, पैदल घर जान हिँडेका मजदुर स्वास्थ्य परीक्षण गरेर बसमा चढाएर गन्तव्यमा पु¥याउने, कोरोनाविरुद्धको जनचेतना जगाउने तथा लकडाउनलाई अनुशासित बनाउन कडारूपमा प्रस्तुत हुने आदि लकडाउनको सार्थकता कायम गर्न र छोट्याउने उपाय हुन सक्छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया