स्वास्थ्यका लागि परम्परागत चिकित्सा पद्धति
काठमाडौं । वर्तमान समयमा सरदर नेपालीहरूको स्वास्थ्यमा केही सुधार भएको छ । उनीहरूको सरदर आयु केही बढेको छ भने मृत्युदर घटेको छ । उदाहरणका लागि वि.सं. २०५८ मा नेपालीहरूको औसत आयु ५४ वर्ष (महिलाको ५३ वर्ष र पुरुषको आयु ५५) वर्ष थियो । वि.सं. २०६८ मा उनीहरूको औसत आयु ६७ वर्ष (महिलाको ६८ वर्ष र पुरुषको ६६ वर्ष) भयो ।
विश्वभरि नै महिलाहरूको औसत आयु पुरुषको भन्दा कम भए पनि नेपालमा भने महिलाहरूको औसत आयु पुरुषहरूको भन्दा दुई वर्ष बढी देखिन्छ । यो निश्चय पनि आश्चर्य लाग्दो कुरा हो ।
सन् १९९१ र २०१६ बीचको अवधिमा यहाँका पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर (प्रति हजार जीवित जन्ममा एक सय ९८ बाट ३९)मा झरेको छ । यसैगरी यहाँको मृत्युदर प्रतिलाख जीवित जन्ममा आठ सय ५० बाट दुई सय ५४ मा झरेको छ ।
स्वास्थ्य सूचकांकहरूले केही सुधार इङ्गित गरे पनि स्वास्थ्यको क्षेत्रमा भने नेपाल अन्य दक्षिण एसियाली मुलुकहरूको तुलनामा तल्लो स्थानमा छ । बरु उक्त सूचकांकले यहाँ असमानता देखाउँछन् । उदाहरणका लागि यहाँ पाँच वर्षमुनिका ब्राह्मण तथा क्षेत्री बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा ३१ दशमलव छ भने दलित बालबालिकाहरूको मृत्युदर प्रतिहजार जीवित जन्ममा ४१ छ ।
सबैभन्दा धनी समूहका बालबालिकाहरूको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ छ भने गरिब समूहका बालबालिकाहरूको ४४ छ । यसैगरी वाग्मती प्रदेशका बालबालिकाहरको मृत्युदर प्रतिहजार जीवित जन्ममा २३ छ भने कर्णाली प्रदेशका बालबालिकाहरूको ५१ छ । यहाँका सहरी क्षेत्रहरूमा स्वास्थ्योपचारका लागि निजी क्षेत्रद्वारा सञ्चालित अस्पतालहरूमा पनि सेवा पाउन सकिन्छ । तर यिनीहरूको सेवा शुल्क महँगो हुनाले गरिब तथा विपन्न वर्गको पहुँचभन्दा बाहिर छन् ।
वर्तमान नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकार मानेर निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तर, यसलाई व्यवहार उतार्न नसक्दा यहाँको कुल जनसंख्याको ठूलो अंश आजसम्म पनि उक्त अधिकार उपभोग गर्नबाट वञ्चित छन् ।
नेपाल एक कृषिप्रधान देश हुनाले यहाँको अर्थतन्त्र कृषि विकासमा भर पर्छ । यसका लागि यहाँको विभिन्न ठाउँमा रासायनिक मल तथा कीटनाशक औषधीको प्रयोग तीव्ररूपले बढिरहेको छ । फलतः यहाँका कृषि उपजहरू दिन प्रतिदिन विषाक्त बन्दै गएको छ ।
यति मात्र नभई केही वर्षयता यहाँको जल, स्थल र आकाशसमेत प्रदूषित भएकाले प्रत्येक व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ । परन्तु, यहाँ विद्यमान स्वास्थ्य सेवा बढी उपचारमुखी भएकाले रोग रोकथाम गर्नुभन्दा उपचारलाई नै बढी प्राथमिकता दिइने हुँदा उक्त प्रदूषण रोक्ने कामले हालसम्म पनि प्राथमिकता पाउन सकेको छैन । तसर्थ, यहाँ श्वासप्रश्वाससम्बन्धी रोग प्रत्येक वर्ष तीव्ररूपले बढिरहेको छ ।
वस्तुतः कुुनै पनि बिरामीलाई यथाशक्य स्वस्थ बनाउनु प्रत्येकको कर्तव्य हो । तर, योभन्दा पनि महत्वपूर्ण कुरा त बिरामी नै नहुने क्रियाकलापहरू अधिक मात्रामा सञ्चालन गर्नु हो । तर हालसम्म पनि यस बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुन नसकेकाले यहाँको स्वास्थ्य क्षेत्रमा हालसम्म पनि आशा गरेअनुरूप सफलता हासिल गर्न सकिएको छैन ।
वर्तमान समयमा नेपालको स्वास्थ्य क्षेत्रमा निःसन्देह पनि केही सुधार भएको छ । तर यो देश विकसित देशहरूको तुलनामा आजसम्म पनि निकै पछाडि छ । कुनै पनि व्यक्तिको स्वास्थ्यमा चिकित्सा सेवाको ठूलो महत्व छ । परन्तु यस सेवाबाट मात्र कुनै पनि व्यक्तिको स्वास्थ्य सुनिश्चित गर्न सकिँदैन ।
हुन त परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीकै अभिन्न अङ्ग मानिन्छ । यद्यपि व्यवहारमा भने आजसम्म पनि यो उपेक्षित नै छ । नेपालको वर्तमान संविधानमा परम्परागत चिकित्सा पद्धतिको रूपमा अङ्गीकार गरिएको आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी आदिको संवद्र्धन तथा प्रवर्द्धन गर्ने कुरा उल्लेख गरिएको छ । यस्ता परम्परागत चिकित्सा पद्धति हाम्रा मौलिक चिकित्सा पद्धति हुन् ।
यथार्थतः परम्परागत चिकित्सा पद्धतिको विशेषता कुनै पनि व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गरी उसलाई वा उनीलाई स्वस्थ्य जीवनशैली अँगाल्न सघाउनु हो । तर यो कुरा सबैलाई थाहा छैन । आज नेपाललगायत धेरै देशमा योग तथा विभिन्न किसिमका शारीरिक व्यायामहरू प्रचलनमा छन्, जुन परम्परागत चिकित्सा पद्धतिअन्तर्गत पर्दछन् । यो पद्धतिको प्रवर्द्धन तथा संवर्द्धन गर्न सके प्रत्येक व्यक्तिको स्वास्थ्यमा केही योगदान पुग्ने कुरा नकार्न सकिँदैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया